काठमाडौं । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् ।
बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षिय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षिय प्रेमबहादुर सिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये एक जना गम्भिर छन् । उनको चितवनमा उपचार भइरहेको छ । नारायणगढ जादै गरेको बसले देउसी खेल्न हिडेका सर्वसाधारणलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।
आगो निभाउन पुगेको दमकललाई समेत स्थानीयले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका छन् ।