बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दाङमा मोटरसाइकल दुर्घटनाहुँदा एकजनाको मृत्यु , दुई गम्भिर घाइते

बिहिबार, कार्तिक १८ २०७८

काठमाडौं । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।

दुर्घटनामा तुलसीपुर १० बनगैकाका ३५ वर्षीय कैलाश भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले  जनाएको छ ।  
एउटै मोटरसाइकलमा तीनजना सवार थिए । घाइते भएका लिलाधर खड्का र विमल शर्मा दुवैजना गम्भिर छन् । उनीहरुको उपचार भइरहेको छ ।