बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डलाई ओलीको कटाक्ष : जसको जमानी बसेको थिएँ उही फुत्कियो

बुधबार, कार्तिक १७ २०७८

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै माडीको विकास भएन भनेर आफू प्रचण्डको जमानी बसेर चुनाव जिताएको तर प्रचण्ड नै फुत्किएको टिप्पणी गरेका छन् l

मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ‘सोचे जति माडीको विकास भएन । माडीको जनप्रतिनिधिको मनमा । म पनि आएर भोट मागें जिम्मा जमानी बसेर, म जमानी बसेको उही फुत्केपछि के गर्नु ?’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘जसको जमानी बसेको थिएँ उही फुत्कियो ।’

‘अव यस ठाउँको विकासको जिम्मा म आफै लिन्छु । म चुनावमा लड्न आँटेछ भन्ने नठान्नु होला, म देशभरी कहाँकहाँ लडु ? म चुनाव लड्न आउने होइन तर विकास यो ठाउँको गरिन्छ’, ओलीको भनाइ छ । उनले माडीबाट चुनाव जितेकाहरुलाई देश र जनताको चिन्ता नभएको बताए । उनले अयोध्यापुरीको विकासले नेपालमै नमुनाको काम गर्ने समेत बताए ।

उनले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गरे ।