बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

खोप लगाउनु भएको छैन ? काठमाडौंका यि ठाँउमा जानुस्

मंगलबार, कार्तिक १६ २०७८

काठमाडौं । सरकारले पर्व मनाउन गाँउ जानेहरुकालागि कोरोना विरुद्धको खोप लगाएर मात्रै काठमाडौं छाड्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले तिहारका लागि काठमाण्डौबाट बाहिरिने सबैलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको जनाएको छ ।

मन्त्रालयकाअनुसार आजदेखि काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हो । त्यसका लागि काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् ।

कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने छ ।

पहिलो मात्राको खोप लगाएकाले भने दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ ।  अहिलेसम्म खोप नलगाएकाहरुले भने परिचय पत्र  लैजानु पर्ने छ । 

परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ ।

त्यसपछि थप निर्णय गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।