बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाली जनप्रगतिशील मंच वेलायतको अधिवेशन तयारी पूर्ण !

मंगलबार, कार्तिक १६ २०७८

नेपाली जनप्रगतिशील मंच, युके । नेपाली जनप्रगतिशील मंच, युके (राष्ट्रिय कमिटी) अधिवेशनको लागी पूर्ण तयारी l नेपाली जनप्रगतिशील मंच वेलायतको राष्ट्रिय कमिटीको तेस्रो  बैठक ZOOM ONLINE  मार्फत, संचार तथा प्रचार प्रसार विभाग इन्चार्जमा  काभ्रेका कान्छा राम बुढाथोकी सर्व-सम्मत चयन भएका छन् । 

काभ्रेमा २०३८ सालमा जन्मिएका बुढाथोकी विद्यार्थी कालदेखि नै राजनीतिमा निकै सक्रिय थिए । तत्कालीन कात्तिके देउराली, श्री प्रभा उच्च मा.वी, २०५३ सालमा अनेरास्ववियु ( क्रान्तिकारी)अध्यक्ष हुदै राजनीतिक तथा सामाजिक कार्यहरूमा सशक्त भूमिका निर्वाह गरिरहेका बुढाथोकी लगभग २०६४ , सालदेखि प्रवासी जीवन व्यतित गरी रहेका छन् ।

विगत एक दशक भन्दा लामो समय प्रवासमा बिताउँदै आएका बुढाथोकीले सामाजिक तथा राजनीतिक कार्यलाई निरन्तरता दिँदै आएका छन् । फलस्वरुप, यस भन्दा अगाडि नेपाली जनप्रगतिशील मंच, पोर्चुगलको उपध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जिल्ला समीती युरोप ‘ए’  सदस्य, गैर आवासीय नेपाली संघ, पोर्चुगलको निर्वाचीत उपाध्यक्ष, लगायत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थीए ।

हाल अन्तरास्ट्रिय काभ्रेपलान्चोक सेवा समाजको युरोप क्षेत्रिया संयोजक समेत छन् ।नेपाली जना प्रगतीशील मंच ,युकेले  नेपालको राजनैतिक परिघटनाको उतारचढावको कारण केही समय सिथिल रहेको संगठनलाई पुनः सक्रिय तथा एकीकृत बनाउदै लाने साथै नेपालको सामाजवादी आन्दोलन र प्रवासमा दुःख सुखमा परेका सबै नेपालीहरुलाई  सहयोग गर्ने  साथै  न्याय पूर्ण  संसार भरीको आन्दोलनमा  ऐक्यवद्धता जनाउदै अगाढी बढ्ने छ l

जनप्रगतिशिल मंच युके को सदस्यता बितरण कार्यक्रम जारी छ l यस संगठनको प्रमुख लक्ष्य आगामी अधिबेशन लाई गणतान्त्रिक  र प्रजातान्त्रिक अभ्यास संगै निर्बाचीत नियम अनुसार लैजाने तयारी रहेको छ l 

तेसै गरी सनघठनले विविध बिषयमा पनि निर्णय गरेको थीयो l

 . महान शहीदहरु प्रति मौन धारण 
. यूरोप क्षेत्रीय कमिटिबाट प्राप्त सर्कुलर वाचन
. संगठन विस्तार सम्बन्धमा
. आर्थिक सम्बन्धमा
. विविध

देश र जनता प्रति वलिदानी पूर्ण आफ्नो ज्यानको आहुति दिनु हुने नेपाली आमाका सम्पूर्ण सहासी वीर शहीदहरु प्रति भावपूर्ण श्रद्दा, सुमन तथा हार्दिक श्रद्धान्जली स्वरुप १ मिनेट मौन धारण, क्षेत्रीय कमिटि युरोपका अध्यक्ष्य क. सुरेन्द्र भुषालको अध्यक्ष्यतामा बसेको पहिलो बैठकका निर्णयहरुको सर्कूलर सम्पूर्ण उपस्थित कमरेडहरुमा वाचन  l

हाम्रो पार्टी  केन्द्रको विधान अनुरुप नै यस संगठनको काम कारवाही गरिने व्यहोराको जानकारी गराउदै वेलायतको कानून वमोजिम यस संगठनको हरेक क्रियाकलाप प्रवासी नेपाली समुदाय, अन्य सामाजिक संगठनहरुसंग हातेमालो गर्दै अगाडी बढ्नु पर्ने भएको र यस  संस्थाको  दर्ता प्रक्रिया अगाडी बढाउनको लागि एक ५ सदस्यीय  मस्यौदा समिति गठन गरिएको छ। 

जस अनुसार क. राम मणि रिजाल, क. तुल छन्त्याल, क. कान्छाराम बुढाथोकी (विनय), क. कृष्ण खनाल, क. विशाल गोले तामांग रहेका छन् !

यसै गरी अगिल्लो बैठकमा निर्णय भए अनुसार संसारभरि फैलिएको महामारी कोरोना विरुद्धको महाअभियानमा हाम्रो संगठन नेपाली जनप्रगतिशील मंच ,वेलायतले (ने.रु.) ५ लाख  पार्टी केन्द्रलाई पठाएको थियो l

सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै र यसको सम्पूर्ण हिसाब किताब यस संगठनका सचिव क. शेर सिं ठकुरीले बैठकलाई  जानकारी गराउनु भएको छ l

संगठनलाई अमुल्य समय दिंदै सक्रिय सहभागिता जनाउनु भएका सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद दिंदै क. सुरेश गौतम ज्यूले बैठक समापन गर्नु भएको  थियो ।   

त्यसैगरी संगठनको अधिबेशनलाई मध्ये नगर गर्दै , विद्यार्थी तथा युवा विभाग इन्चार्ज
क. नविन स्यांगतांग ज्यु को परामर्शमा २४ ओक्टोबर २०२१ का दिन नर्थ वेस्ट एरिया कमीटी भेला संगठन नेता कमरेडहरु क.सुरेन्द्र नेपाल श्रेष्ठ, क.सुरेन्द्र गौतम, क.मान बहादुर गुरुङ, क.शेर ठकुरी, क.बिमल लिम्बु , लगायतको उपस्थितिमा क.राजमनी राईको संयोजकत्वमा नर्थ वेष्ट एरिया ५ सदस्यिय कमिटी गठन गरीएको छ  ।

नव गठित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । यसैगरि अर्को एरिया भेला नोभेम्बर २ २०२१ मंगलवार साँझ ४ बजे बाट सुरु हुन गैरहेको छ l उक्त नेपाली जन प्रगतिशिल मंच युकेको साउथ इस्ट लण्डन ईकाइ कार्यसमितिको पहिलो अधिवेशनमा सहकर्मि नेता र कार्यकर्त्तहरु सबैको उपस्थित हुनको लागी हार्दिक अनुरोध  गर्दछौ  ।

संयोजक
हरी पौडेल तथा  अरुर्ण थापा मगर
साउथ इस्ट  लण्डन  
स्थान : गोर्खा कलब 
Date :02/11/2021 
           Lakedale Road 
            Plumstead 
            London SE18 1PP 

नेपाली जनप्रगतिशील मंचको , युके कमिटी !

सल्लाहाकार
क. सुरेन्द्र श्रेष्ठ
क. रण बहादुर के.सी.
क. कर्मा पहाडी

अध्यक्ष
क. सुरेश गौतम

सचिव 
क. शेर सिं ठकुरी,

संगठन विभाग – इन्चार्ज
क. मान बहादुर गुरुङ

महिला विभाग – इन्चार्ज
क. विमला  लिम्बु 

विद्यार्थी तथा युवा विभाग -इन्चार्ज 
क. नविन स्यांगतांग

आर्थिक विभागका – इन्चार्ज 
क. कपिल श्रेष्ठ 

सदस्य 
क. तुल छन्त्याल
क. राममणि रिजाल 
क. कृष्ण खनाल
क. राजमणि रिजाल 
क. बिशाल गोले
क.रुद्र  गौरे 
क.जित गिरि 
क.बिपिन गुरुङ 
क. ईश्वोर  रिजाल 
क. पार्वती पाण्डे 

क्रान्तिकारी अभिवादन