बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपति भण्डारीको देश दौडाह, आज मनाङ जादै

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ जादै छिन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ जान लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी   काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिएका छन् ।

यसअघि मुक्तिनाथ पुगेकी भण्डारी पछिल्लो समय देश भ्रमणमा निस्किन थालेकी हुन् । कुनै औपचारिक कार्यक्रम नभएपनि अवलोकन भ्रमणकालागि राष्ट्रपति मनाङ जान लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यहा राष्ट्रपति भण्डारीले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको  अवलोकन गर्ने प्रजिअ आचार्यले बताए ।

राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । त्यहा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायत स्याउ उत्पादन हुँदै आएको छ । 

वर्षाका बेला मनाङका केही क्षेत्रमा भएको क्षति र बाढी प्रभावित क्षेत्रको समेत राष्ट्रपतिले अवलोकन गर्ने कार्यतालिका बनाइएको छ ।

हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउने तयारी गरिएको छ ।