बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भाइटीका कतिबेला लगाउने ? यस्तो छ साइत !

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं । यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाइ  छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउन समितिका  कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलको सुझाव छ ।

यद्यपी १२ बजेभित्र लगाउन नभ्याए पनि दिनभरि नै लगाउन सकिने पनि समितिले उल्लेख गरेको छ ।

तिहार पर्सीबाट सुरु हुदैछ ।  यसपालि काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा पनि सोही दिन गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।