बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अफसोर कम्पनीमा नेपालीको लगानी बढ्दै रेमिट्यान्स घट्दै

सोमबार, कार्तिक १५ २०७८

काठमाडौं । कर नलाग्ने देशमा अफसोर कम्पनी खोेलेर लगानीगर्नेहरु बढ्दै गर्दा यता रेमिट्यान्स भने घट्न थालेको देखिएको छ।  अफसोर कम्पनीमा लगानी बढ्ने र बिदेशमा लगानी गर्ने नेपालीहरु बढ्दा यसले अवैध  रुपमा रकम कारोबार बढेको प्रष्ट बुझ्न सकिन्छ ।

हुण्डी मार्फत कारोबार बढ्दा बिदेशी मुद्रा विदेशमै रहन गएको हो । रेमिट्यान्स अवैध मार्गबाट नेपालमा आउने क्रम बढेसँगै कामदार बढ्दा पनि रेमिट्यान्स घटेको  बिज्ञहरु बताउँछन् ।

गत वर्षको भदौ मसान्तसम्म रेमिट्यान्स ८.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको  थियो ।  तर,  यो वर्षको सोहि अवधिमा भने रेमिट्यान्स  ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ३७ करोड कायम भएको छ । अर्थात गत वर्षको तुलनामा यो वर्ष १० अर्ब ३६ करोड रुपैयाँ कम रेमिट्यान्स आएको छ ।  असोज महिनामा पनि यस्तो रकम घटेको देखिएको रेमिट्यान्स कम्पनीहरु बताउँछन् ।

 गत वर्ष कोरोना महामारीले अन्तर्राष्ट्रिय बजार नै प्रभावित पारेपछि त्यहाँ नयाँ कामदार थप्ने त ठप्प भयो नै भएका कर्मचारी पनि कटौति गरे । जसका कारण नेपालबाट विदेश जाने कामदारहरु ठप्पै भएभने त्यहाँबाट फर्कनेको संख्या बढ्दै गयो । तर, महामारीका कारण रेमिट्यान्स कम्पनी बाहेक अन्यबाट रकम पठाउन असंभव जस्तै भएपछि  रेमिट्यान्स ह्वात्तै बढ्यो । 

यसरी रेमिट्यान्समा आएको कमिले देशको सोधनान्तर स्थिती घाटामा लगेको त छनै बिदेशी मुद्रा सञ्चितीमा पनि कमि ल्याएको छ । विदेशी मुद्रामा आएको सञ्चिीतीका कारण आगामी दिनमा बैदेशिक लगानीमा कमि आउने जोखिम हुन्छ ।

अवैध तरिकाले रकम ल्याउने क्रममा नियन्त्रण गर्न नसक्दा रेमिट्यान्स घटेको हो । अर्थविद्हरु त गैर कानुनी रुपमा आर्जन गरेको रकम लुकाउन सजिलो मानिने  ट्याक्स हेभन मुलुकमा नेपालीहरुको लगानी बढ्नुले पनि अवैध रुपमा रकमको कारोबार भएको पुष्टि भएको बताउँछन् ।

विदेशी मुद्रा सञ्चिती घट्दा आयात महंगो मात्रै होइन प्रभावित पनि हुन सक्छ ।  त्यसैगरि यसले विदेशी मुद्राको अवैध कारोबार बढाउन सक्ने भएकाले नेपाल राष्ट्र बैंक, योजना आयोग  र अर्थ मन्त्रालय यसमा चनाखो हुन जरुरी छ  ।