शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गरेर मात्र सेवा दिने 

सोमबार, कार्तिक १५ २०७८

काठमाडौँ l मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।  

कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेश बाबु श्रेष्ठले जानकारी दिए ।  

कम्पनिमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।