काठमाडौं । कोप २६ अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिने क्रममा लण्डन पुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले आज विहानैदेखि भेटघाटलाई तिब्रता दिएका छन् ।
गएराति लण्डन पुगेका प्रधानमन्त्री देउवालाई आज विहान बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्दै छन् ।
स्थानीय समय अनुसार विहान हुने भेटमा दुई मुलुकको हित र संसदीय अभ्यासका विषयमा कुराकानी हुने बताइएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै बेलायत–नेपाल समाजका प्रतिनिधि र बेलायत–नेपाल गैरसरकारी संस्था मञ्चका पदाधिकारी , गैरआवासीय नेपाली सङ्घका पदाधिकारी तथा बेलायतमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिसँग छलफल गर्ने छन् ।
आजै साँझ देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह एपीपीजी–एन र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल भोलिसम्म लण्डनमै रहने छ । भोलि प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिसँग भेट्ने छन् ।
रासस
देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भए लगत्तै भोलि साँझ प्रधानमन्त्री स्कटल्याण्डको इडिनवर्ग हुदै ग्लास्गो जाने छन् ।
कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा सुरु हुदै छ ।
२१ सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा हिजो लण्डन पुगेका हुन् । नेपाली टोली आगामी बिहिबार स्वदेश आइपुग्ने छ ।