शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वकिल चुडालमाथि अर्का वकिलको लात्ती

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ । नेपाल बार एशोसिएसन परिसरमै कानुन व्यवसायीहरूबीच कुटाकुट भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पक्षधर र विपक्षी अधिवक्ताबीच लात्ती हान्ने काम भएको बताइन्छ ।

नेपाल बार एशोसियनको प्रांगणमा अधिवक्ता विराट न्यौपानेले अर्का अधिवक्ता भूमिनन्द चुडाललाई एक लात हानेका हुन् । कुट्ने न्यौपाने काठमाडौं बारका सदस्य हुन् भने लात्ती खाने चुडाल सर्वोच्च बारका ।

अब कनुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ । चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए ।

‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले’, उनले भने, ‘मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।’

नेपाल बार एशोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको हो ।