काठमाडौँ l जाडो महिना नजिकिदै गईरहेका बेला काभ्रे जिल्लाको रोशी गाउँपालिका अन्तर्गत चेतना मा.वि का विपन्न विद्यार्थीलाई समाजसेवी एवम् पूर्व विधालय व्यवस्थापन अध्यक्ष अमित लामाको पहल कदमीमा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ ।
जाडोका बेला विद्यालय आउन सजिलो होस् भनेर मनरम फाउन्डेसनसँग सहकार्य गरी लामाले काभ्रेका विपन्न विद्यार्थीलाई नयाँ ट्रयाकसुट उपलब्ध गराइएको बताए l देशको राजधानीबाट भौगोलिक हिसाबले नजिक भएता पनि रोशी गाउँपालिका काभ्रे जिल्लाको एक विकट ठाउँमा अवस्थीत रहेको छ l यस क्षेत्रमा अत्याधिक मात्रामा निम्न र मध्यम वर्गीय परिवारको बसोबास भएकाले आफ्ना निम्ति आफै जाडोका निम्ति ट्रयाकसुट लगाएतका वस्तु किन्न सक्ने अवस्था नरहेकाले पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष अमित लामाले मनरम फाउन्डेसनसँग सहकार्य गरी शुक्रवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी ट्रयाकसुट हस्तान्त्रण गरिएको हो ।
नयाँ ट्रयाकसुटले विपन्न विद्यार्थीलाई विद्यालयमा आउन समेत प्रोत्साहन गरेको र यस कार्यक्रमले विद्यालयमा विद्यार्थी संख्या बढ्ने अपेक्षा रहेको लामाले बताए । चिसोका कारण कुनै पनि विधार्थीहरुले पढ्नबाट वन्चित हुन् नपरोस् भनेर ट्रयाकसुट वितवरण गरिएको लामाले बताएका छन् ।
कार्यक्रमा वडा अध्यक्षका साथै वडाका गन्यमान्य र विधार्थीका अभिभावकको उपस्थित रहेको थियो l लामा विधालय व्यवस्थापन समितिको अध्यक्ष हुदा आफ्नै पहलमा ADF सँग सहकार्य गरी विद्यालयका निम्ति ७० लाख बराबरको २ वटा भवन निर्माण गरेका थिए l
स्थानीय एक अभिभावकका अनुसार लामा आफ्नो कार्यकालमा सर्वाधिक सफल विधालय व्यवस्थापन समितिको अध्यक्ष रहेको र उनको कार्यकालमा जस्तो विकास निर्माणको कार्य अन्य कुनै समितिले अहिले सम्म गर्न नसकेको दावी समेत गरेका छन् l साथै आगामी दिनमा पनि विद्यालयको नेतृत्व लामाले नै समाल्न पर्ने जीकिर समेत गरेका छन् l