शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिंहदरबारभित्र गोली चल्यो

बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ l सिंहदरबारभित्र अचानक गोली चलेको छ । यद्यपि गोली कसैलाई पनि लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

अपरान्हको करिब ५ बजे असई भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो।

झुक्किएर पेस्तोल भुईमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ ।