बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दशैँ तिहारले बढायो उपभोग, आयात बढ्दा ५८ प्रतिशतको ब्यापार

बुधबार, कार्तिक १० २०७८

काठमाडौँ । दशैँ र तिहारमा बढेको उपभोगका कारण आयात ह्वात्तै अकासिएको छ । चुलिदो आयातका कारण मुलुकको ब्यापार घाटा पनि उकालो लागेको छ ।

आयात उच्च मात्रामा बढेपछि मुलुकको ब्यापार घाटापनि ५८ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको असोज मसान्तसम्म २ खर्ब ६१ अर्ब रहेको ब्यापार घाटा यो वर्षको सोहि अवधिमा ५८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब  पुगेको भन्सार विभाले जनाएको छ ।

 आयात ६३ प्रतिशतले बढेको विभागको आकडा छ । गत वर्षको असोजसम्म २ खर्ब ९२ अर्बको आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात ४ खर्ब ७८ अर्ब पुगेको छ ।  हुनत निर्यात पनि १ सय ९  प्रतिशतले बढेको छ । तर, आयातको तुलनामा न्युन मात्रामा हुने निर्यातको बढोत्तरीले ब्यापार घाटा थेग्न सकेन ।

गत वर्ष असोजसम्म ३१ अर्बको निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा ६५ अर्बको निर्यात भएको छ । तर, यस्तो निर्यातमा बिदेशबाट कच्चा पदार्थ आयात गरि प्रशोधन गरि निर्यात गर्ने भटमास तथा पाल्म तेल ३७ अर्बको निर्यात भएको छ । अर्थात कुल निर्यात ब्यापारमा आयात गरेर प्रशोधन गरि पठाइने तेलको हिस्सा ५६ प्रतिशत छ ।

दशै तथा तिहार लक्षित गरेर  सामानको आयात बढ्दा पनि आयातसँँगै ब्यापार घाटा चुलिएको देखिएको हो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको भन्सार विभागको आकडामा देखिन्छ ।