शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाँचथर बस दुर्घटना अपडेट : ४ को मृत्यु, १३ को अवस्था गम्भिर

सोमबार, कार्तिक ८ २०७८

पाँचथर । पाँचथरबाट झापा आउँदै गरेको बस पाँचथरको फिदिममा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । उनीहरुको पाँचथर जिल्ला अस्पतालसहित अन्य मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चारै जनाको पहिचान भने हाम सम्म नखुलेको प्रहरीले बताएको छ । पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए ।

बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ । सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।