बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड-माधवलाई ओलीकाे चुनाैती

सोमबार, कार्तिक ८ २०७८

काठमाडौँ l नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई झापाबाट चुनाैती दिएका छन् ।

आइतबार गृह जिल्ला पुगेका एमाले अध्यक्ष ओलीले बिर्तामाेडमा आयाेजित कार्यक्रमा ओलीले प्रचण्ड र नेपाललाई आगामी चुनाव जितेर देखाउन चुनाैती दिएका हुन् । एमालेले जिताइदिएका सांसद् संख्या गनेर प्रचण्ड र माधवले सदनमा फुर्ती लाउने गरेका बताए ।

ओलीले भने ‘जुँगामा त आफ्नो पो ताउ लगाउनुपर्छ, अर्काले टाँसिदिएको जुँगा, हामीले टाँसिदिएका सांसद्मा जुन फुर्तीफार्ती गर्दैछन् २०-२२ जना होलान्, त्यो हामीले टाँसिदिएको हो,प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो, प्रचण्डले अब जितेर देखाउन् त ।’ 

माधव नेपाल त चुनाव नै लड्न नसक्ने ओलीले बताए, ‘माधव नेपाल अब चुनाव लड्छन् ? तपाईहरूलाई बताइदिन्छु म, माधव नेपाल चुनाव लड्दैनन्, समानुपातिकमा बस्छन्, आउला र खाउँला भनेर, त्यो हुनेवाला छैन ।’ 

‘मन्त्री बनाउन त ३ महिना लाग्याे, यिनीहरु विध्वंसकारी तत्व हुन्, भड्काउने तत्व  हुन्, विनाशकारी तत्व हुन्, अस्थीरता ल्याउने तत्व हुन, स्थिरता ल्याउने तत्व हाेइनन् यिनलाई कसले भाेट दिन्छ ? जनताले भन्नेछन्- जाउ अदालत गएर परमादेश लिएर आउ, हामी कहाँ किन आउँछौं ?’