बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन मौन छन् राजनीतिक दल प्रधानन्यायाधीश प्रकरणमा ?

सोमबार, कार्तिक ८ २०७८

काठमाडौँ l एकपछि अर्को विवादमा तानिँदै गएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाप्रति सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस मात्र होइन प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि हाल सम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरको छैन l

एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका छन्।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताएका छन् भने कांग्रेस प्रवक्ता शर्माले ‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’शर्माले भने, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’ भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले भने यो विषय नोटिसमा राखेको बताएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेको’बताए । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’खतिवडाले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामाको चर्को दबाब छ । जबराले आज सोमबारका लागि सर्वोच्च अदालतको फुलकोर्ट बोलाएका थिए तर, सर्वोच्चका १४ न्यायाधीशले बहिस्कार गरेर छुट्टै छलफल गरेका छन् ।

जबराले मन्त्रिपरिषदमा भागवण्डा खोजेको समाचार आएपछि उनले मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेको छ।