शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 लाइसेन्सको नयाँ आवेदन खोल्ने तयारी, कहिलेबाट सुरु हुन्छ ?

आइतबार, कार्तिक ७ २०७८

काठमाडौँ l झन्डै ६ महिनादेखि स्थगित चालक अनुमतिपत्रको आवेदन लिने काम सुरु हुने भएको छ । चौतर्फी दबाब परेपछि यातायात व्यवस्था विभाग लाइसेन्सका लागि आवेदन खुलाउने निणर्यमा पुगेको हो । विभागमा महानिर्देशक नमराज घिमिरेका अनुसार यसै सातादेखि लाइसेन्सको आवेदन खुल्ने भएको छ ।

उपत्यकाका यातायात कार्यालयमा प्रयोगात्मक ट्रायल परीक्षाको चापका कारण नयाँ आवेदन लिन रोक्का गरिएको थियो । बाँकी सेवाग्राहीको ट्रायल सकेपछि मात्रै नयाँ आवेदन खुलाउने भने पनि चौतर्फी दबावका करण छिटै आवेदन लिने निणर्यमा विभाग पुगेको हो । शुक्रबारसम्ममा सेवाग्राहीले नयाँ लाइसेन्स लागि आवेदन दिन पाउने घिमिरेले बताए ।

लकडाउनका कारण लामो समयदेखि प्रयोगात्मक परीक्षा लिने काम पनि बन्द थियो । यसबीचमा थुप्रै सेवाग्राहीले ट्रायल दिन पाएका थिएनन् । लकडाउन खुकुलो भएपछि गत भदौबाट लाइसेन्स प्रयोगात्मक परीक्षा ट्रायल खुलेको थियो ।

गत बैशाखमा कोरोना भाइरसका कारण लकडाउन भएपछि सवारी अनुमति पत्रका लागि आवेदन लिन बन्द भएको थियो। नयाँ लाइसेन्स लिन चाहने लाखौं सेवाग्राही प्रतीक्षारत छन् भने पुराना पेन्डिङ रहेका प्रयोगात्क परीक्षार्थीपनि आधा बाँकी नै रहेको यातायात व्यवस्था विभागले जनाएको छ। गत वर्षपनि कोरोनको कारण ४ महिना सञ्चालन भएर ट्रायल परीक्षा र लाइसेन्स आवेदन बन्द भएको थियो।