काठमाडौं । सरकारले मुलुकभरका ६ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई आज देखी भिटिमिन ए क्याप्सुल खुवाउने भएको छ । करिव २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष कार्तिक ३ र ४ गते खुवाउँदै आएकोमा यो वर्ष दशैं परेकाले ४ दिन ढिलो गरि भिटामिन ए खुवाउने कार्यतालिका बनाएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको पोषण शाखा प्रमुख केदार पराजुलीले ६ देखी ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १ देखी ५ वर्ष सम्मका बालबालिकालाई २ लाख युनिट खुवाइने बताए । १ देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई जुकाको औषधी समेत खुवाइने छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्युनीकरणका लागि सरकारले २०५० सालबाट भिटामिन ए कार्यक्रम नियमित संचालन गर्दै आएको छ ।