बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भैरहवामा धर्मसभा हुदै, सनातन धर्मका पक्षमा जनमत तयार पारिने

आइतबार, कार्तिक ७ २०७८

भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन् । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लागेका हुन् ।

विभिन्न विषयमा करीब पाँच सयभन्दा बढी पुस्तकका लेखक श्रीनिश्चलानन्द प्रकाण्ड विद्वान मानिन्छन् ।

भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुनेगरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वानहरु यसअघि नै भैरहवा पुगिसकेको धर्मसभा मूल आयोजक समितीका सदस्य ब्यासमुनि आचार्य किशोर गौतमले जानकारी दिए ।  

गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो ।  

मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ ।