शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विपद्जन्य प्रकोपका कारण नेपालमा मृत्यु हुनेको संख्या उच्च, पछिल्लो ७ महिनामा ३ सय ५३ जनाले ज्यान गुमाए

आइतबार, कार्तिक ७ २०७८

काठमाडौं । यो वर्षको वैशाखयता ७ महिनाको अवधीमा विपदजन्य घटनामा परेर ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधीमा हराएका ८० जना अझै भेटिएका छैनन् ।  

सबैभन्दा बढी पहिरामा परेर १ सय ६१ को मृत्यु भएको  छ ।  

बाढीबाट ५२ जना र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । सर्पले डसेर २० जनाको मृत्यु भएको छ भने आगलागीबाट १८ जना , जनावरको आक्रमणबाट २८ जना , डढेलो, हावाहुरी र महामारीबाट सात जनाले ज्यान गुमाएका छन् ।  ७ महिनाको अवधीमा भएका विपद्बाट एक हजार २ सय ८४ जना घाइते भएका छन् ।

 एक अर्ब भन्दा बढीको क्षति भएको छ । दसैमा परेको बेमौसमी वर्षाका कारण मात्र अघिल्लो साता १ सय ११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता भएका छन् ।