काठमाडौं । मुलुकका भिन्ना भिन्नै ठाँउमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतक दुबै गाडी चालक हुन् । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
गएराति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा २१ च ९२१० नम्बरको कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टनाहुदा चौरीदेउराली गाउँपालिका–४ का ४९ वर्षिय गाडीचालक कमल श्रेष्ठको मृत्यु भएको हो । मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
त्यस्तै गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ का ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।