काठमाडौं । विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ।
पानी पर्न रोकिए पनि विमान स्थल क्षेत्र सबै डुबानमा भएकाले उडान सम्भव नभएको कार्यालयको भनाइ छ । यसअघि त्यही फसेका दुईवटा विमानलाई भने काठमाडौं फर्काउने तयारी भएको छ त्यसअघि जहाज उडाउन मिल्ने नमिल्नेबारे विज्ञहरुले अध्ययन गर्ने बताइएको छ ।
उडान भर्न मिले मात्रै फसेका जहाजलाई काठमाण्डौ फर्काइने छ ।
लगातारको झरीसँगै विमानस्थल डुबानमा पर्दा अस्तिदेखि विराटनगर विमानस्थलमा उडान अवतरण रद्द भएको हो ।
देशका अन्य विमानस्थलमा भने अहिले उडान अवतरण भइरहेको छ।