शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्व तर्फ सरेको मौसमी प्रणाली नेपालबाट बाहिरियो, आजैबाट मौसममा सुधार

बिहिबार, कार्तिक ४ २०७८

काठमाडौं । आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहानीसँगै देशका अधिकांस ठाँउमा घाम लागेको छ ।  मौसमविद् प्रतिभा मानन्धरका अनुसार भारतमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली गएरातिबाट कमजोर हुदै गएकाले अब मौसम खुल्दै जाने छ ।

केहि स्थानमा फाट्ट फुट्ट झरी परेपनि अविरल वर्षा नपर्ने मानन्धरको भनाई छ । मानन्धरले  अनपेक्षितरुपमा प्रणाली विकसित हुदा नेपालमा वर्षा भएको बताइन्  । उनले आँकलन गरिएभन्दा फरक तरिकाले प्रणाली सक्रिय हुदा बेमौसमी वर्षा भएको उल्लेख गरेकी छन् ।

भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो  वर्षा र झरीको सम्भावना  छैन ।  हिजो पश्चिमबाट पूर्व सरेको प्रणाली त्यहाँबाट पनि हटिसकेको मानन्धरले बताइन् । 

महाशाखाले यसअघि परेको वर्षाका कारण जमिन जमिन कमजोर भएकाले  पहिरोको जोखिम भने कायमै रहेको चेतावनी दिएको छ ।  भिरालो जमिनमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।