काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटामा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट झण्डै एक दर्जनको सङ्ख्यामा जङ्गली हात्ती गाउँ पसेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
हात्तीको बथान अझै गाँउमै रहेकाले गाउलेहरु त्रसित भएका छन् । जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी बढेको छ ।