काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी) माओवादी०का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरेका छन् ।
उपचारमा संलग्न चिकित्सकले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए ।