बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अघिल्लो सरकारले गरेका नियुक्ति बदर गर्दै सरकार, राखेपसहितका पदाधिकारी बर्खास्त

मंगलबार, कार्तिक २ २०७८

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गरेको छ ।

हिजो बसेको मन्त्रिषरिषद्को बैठकले सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने निर्णय गरेको हो । यद्यपी सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले भने औपचारिक जानकारी गराउनु भएको छैन ।

यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई नयाँ सरकारले स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको एक मन्त्रीको भनाई छ । 

सिलवाल, ढुंगेल र रोकालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।