काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ । बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशतले वृद्धि भएको हो ।
बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर सरकारले गरेको सो निर्णय हिजोदेखि लागू भएको हो ।
अब उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
यो भाडादर ५ किलोमिटरसम्म लागू हुने जनाइएको छ । १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।
उपत्यका बाहेक भने साबिकको भाडादरमा २३ प्रतिशत वृद्धि गरिएको छ ।
यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान लैजान पाउनेछन् ।