शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नुवाकोटमा बस दुर्घटना हुँदा तीसजना घाइते, गम्भीर तीनजनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

सोमबार, कार्तिक १ २०७८

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा  बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकोमा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी  काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । 

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ आउने क्रममा दुर्घटनामा परेको थियो । सो बसको छतमासमेत यात्रु चढेका थिए ।

अत्याधिक भार भएकाले  ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।