शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पछिल्लो एक सातामा कर्णालीमा भएका दुर्घटना र अन्य घटनामा ४८ जनाको मृत्यु, ५८ घाइते

सोमबार, कार्तिक १ २०७८

काठमाडौं । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटनाहुँदा तीन दर्जन बढीको संंख्यामा मानिसको मृत्यु भएको छ ।  प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार  ती दुर्घटनामा  ३७ जनाको मृत्यु भएको हो ।

यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना गत २६ गते मुगुमा भएको थियो । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिना तपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

सो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए ।  दुर्घटनाका कारण दसैं अवधिभर  सो नगरपालिका पूरै शोकमा डुबेको छ । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका अन्य ९ वटा दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा भएका दुई दुर्घटनामा १६ जना घाइते भएका छन् ।

मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक – एक सवारी दुर्घटना भएका छन् ।

कर्णाली प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।