काठमाडाैं । २०७८ असाेज २५ गतेबाट नेपाली सेनाकाे रथी पद रिक्त भएकाे स्थानमा पदपूर्तिका लागि नेपाली सेनाले सार्वजनिक सूचना प्रकाशित गरेकाे जानकारी हुन आएकाे छ ।
युएन फाेर्स कमाण्डरमा कार्यरत रथी ईश्वर हमालले ५८ वर्षे उमेर हदका कारण असाेज २५ गतेबाट अवकास प्राप्त गरेकाले नेपाली सेनाकाे रथी पद रिक्त रहेकाे छ ।
सेनामा रिक्त रहेकाे रथी पदका लागि वरिष्ठ उपरथी सराेज प्रताप राणा लाइनमा रहेका छन् । उपरथी राणाकाे रथीमा पदाेन्नतिका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्न ‘दावीविराेध’ माग गर्दै सेनाले २०७८ असाेज ३१ गते सात दिने सूचना सार्वजनिक गरेकाे श्राेतले बताएकाे छ ।
सहायक रथी र उपरथीमा बढुवाकाे समयदेखि नै नागरिकता सम्बन्धी विवादमा पर्दै आएका सराेज प्रताप राणा नेपाली सेनामा २५ बेसिकका उपरथी हुन् ।
सराेज प्रताप राणाकाे रथीमा पदाेन्नति भएमा उनले विक्रम सम्बत २०८० भदाै सम्म जागिर खाएर उमेर हदका कारण अनिवार्य अवकास लिएर घर जानेछन् ।(साघुँ साप्ताहिकमा खबर छ l)