बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अस्पताल भर्ना गरिएका क्रान्तिकारी माओवादीका महासचिव वैद्यको स्वास्थ्य अवस्था कस्तो छ ?

सोमबार, कार्तिक १ २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको छ। वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको हो  ।

दम रोग पीडित बैद्यलाई लामो समयदेखि स्वास प्रस्वास र छातीमा समस्या थियो ।  उनको छाती परिक्षण गरिएको छ ।

चिकित्सकका अनुसार उनलाई अझै केहि दिन अस्पतालमै राख्नु पर्ने छ ।  

छातिमा सामान्य दागसमेत देखिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको परिवारले जनाएको छ ।