काठमाडौं । आज देशभरको मौसममा आंशिक बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली उत्तर तिर सर्दै आएकाले यसको प्रभाव नेपालमा परेको हो । आज दिनभर नै मुलुकभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश २ का थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ ।
सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।