काठमाडौँ lउनको गिरफ्तारीविरुद्ध अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दीप्रत्येक्षीकरण रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
पक्राउ गरेर नेपालगञ्ञ पुर्याइएकी रुबीलाई सर्वोच्चको आदेशपछि बाँके प्रहरीले बुधबार काठमाडौँ पठाएको थियो।
बहुविवाहको मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनले प्रहरी हिरासतमै आमरण अनसन थालेकी थिइन्।
रुबीलाई रिहा भइसकेपछि फेरि पक्राउ नगर्न सर्वोच्चले प्रहरीलाई सचेतसमेत गराएको छ। सर्वोच्च अदालतले रुबी खानलाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरी हिरासतमा रहेकी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो।
न्याय माग्दै नेपालगञ्जबाट पैदलै काठमाडौँ आएको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले असोज २२ गते माइतिघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो