बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कास्की जीप दुर्घटना: मृत्यु भएका सबैको परिचय खुल्यो , मृतक सबै विद्यार्थी

सोमबार, असोज २५ २०७८

काठमाडौं । कास्कीको नयाँ पुलबाट घान्द्रुक जादै गरेको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको परिचय खुलेको छ । दशैंमा काठमाडौँबाट घुम्न गएका ५ पुरुष, २ महिला र एक चालकको मृत्यु भएको हो ।  

दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका ५ का ४२ वर्षीय खुसीमान क्षेत्री हुन् ।

त्यस्तै, दुर्घटनामा काठमाडौं गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।  

सबै विद्यार्थी रहेको बताइएको छ । उनीहरु दसैं विदाको सदुपयोग गर्न पदयात्राका लागि घान्द्रुक जादै थिए ।

चालकसहित ९ जना सवार जिपमा २० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ । उनको अवस्था सामान्य छ ।

मृतक सबैको शव  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइँदै छ ।

कच्ची र अप्ठेरो बाटोमा ब्याक भएर ब्रेक पनि नलागेका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।