बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रुपन्देहीमा मारिएका तीन जना को हुन् ? किन खुलेन अहिलेसम्म परिचय

सोमबार, असोज २५ २०७८

काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा मृत्यु भएका चार जनामध्ये तीन जनाको परिचय अझै खुल्न सकेको छैन । मृतकमध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षिय रमेश परियारको मात्रै परिचय खुलेको छ ।

बाँकी तीन जनाको आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  जग्गा पाइने लोभमा रुकुम रोल्पा, अर्घाखाँची लगायतका पहाडी क्षेत्रबाट आएका व्यक्तिहरु हुन सक्ने प्रहरीको आँकलन छ ।

उनीहरुको साथमा परिचय खुल्ने कागजात नभएकाले पनि मृतकका आफन्त भेट्टाउन समस्या भएको प्रहरीको भनाई छ । स्थितीलाई नियन्त्रणमा लिन लगाइएको कर्फ्यू आज पनि जारी छ ।  थप हिंसा नफैलियोस भनेर प्रशासनले कर्फ्यू जारी राखेको हो ।

उपचारका लागि लगिएका ८ जना मध्य ४ जनाको मृत्यु भएको छ  । अन्य ४ घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।  झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाईते भएका छन् । पेट्रोल वम प्रहर बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक जना प्रहरी उपरीक्षक घाईते भएका छन् ।

घाईते प्रहरीहरु मध्ये ६ जनालाई उपचारका लागि काठमाडौ ल्याईएको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि त्यहा तनाव उत्पन्न भएको हो ।