काठमाडौँ l भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन १३ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार जारी मिती असोज ३१ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन सक्नेछन । उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँको रहेको छ ।
जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस २७ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ चैत २९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ साल असोज २५ गते तोकिएको छ ।
यसअघि यही असोज १८ गते पनि राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।