काठमाडौं । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।
सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका १ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा अछाम पञ्चदेवल नगरपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाहीको मृत्यु भएको हो ।
ब्रेक फेल भएर बस सडकको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका ९ जनालाई गएराति नै स्थानीय मेडिकलमा उपचार गराएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले जानकारी दिए ।
बसका अन्य यात्रुहरु भने राती गाडी बिग्रिएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । यात्रुहरुलाई वैकल्पिक गाडीको प्रबन्ध गरी गन्तव्यसम्म पुर्याउन पहल भइरहेको छ ।