शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शितल निवासमा, अपरान्ह नवनियुक्त मन्त्रीको सपथ गराउने तयारी

शुक्रबार, असोज २२ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरवहादुर देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । मन्त्री परिषद् विस्तारको तयारी भएसँगै प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।

 सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेसँगै आजै मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ । यद्यपी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई शितल निवासले नियमित  भेटवार्ता भएको बताएको छ ।  

बालुवाटार स्रोतका अनुसार   राष्ट्रपति भण्डारीले नयनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ आजै ग्रहण गराउने कार्यक्रम भएकाले तयारी स्वरुप प्रधानमन्त्री शितल निवास गएको दाबी गरेको छ । देउवा नेतृत्वको सरकार बनेको ८८ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगाएको थियो। 

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। 

सबै दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम बुझाइसकेका छन् । आजै ४ बजे मन्त्रीहरुको सपथ गराउन कार्यक्रम तय भएको बताइएको छ।