शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रहरीमा जागिर खाने हो ? झण्डै ६ सयका लागि आवेदन खुल्यो

शुक्रबार, असोज २२ २०७८

काठमाडौं । नेपाल प्रहरीमा झन्डै छ सय युवाका लागि जागिरको आवेदन खुलेको छ । 
जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।

प्रहरी सहायक निरिक्षकका लागि  ३६७ जना माग भएको छ ।  प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको प्रहरीले निकालेको विज्ञापनमा उल्लेख छ। 
विज्ञापनमा भनिए अनुसार कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।

प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । थप विज्ञापन हेर्नुस्

police notice.jpg