बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१८ वर्षमाथिका सबैलाई खोप, नजिकैका खोप केन्द्रमा जान आग्रह

शुक्रबार, असोज २२ २०७८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आज देखि दसैँ लक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।

महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् ।

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य मापदण्डको पालना गराउदै  १८ वर्षमाथिका सबैलाई  तीनदिने खोप कार्यक्रम चलाउन लागेको बताए ।  

खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाले आग्रह गरेको छ ।

विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np  बाट सेवा लिन सकिने व्यवस्था गरिएको छ ।