शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भन्सारबाट अवैध रुपमा आउने सामान बढ्दो, अवैध सामान बेच्दा एक वर्षमै ३७ करोड आम्दानी

बिहिबार, असोज २१ २०७८

काठमाडौँ । भन्सारबाट महामारीका समयमा पनि अवैध रुपमा  सामान आउने क्रम रोकिएको छैन । गत वर्ष मात्रै भन्सार विभागले यस्तो सामान बेचेर ३७ करोड आम्दानी गरेको छ ।

गत वर्षमा भने यस्तो आम्दानी २८ करोड २६ लाख थियो । अर्थात अघिल्लो वषएको तुलनामा अवैध रुपमा सामान बेचेर भन्सार विभागले ९ करोड बढि कमाएको छ ।

 सामानसँगै आएका जफत गरिएका सवारी साधन अहिले ७ सय ५८ वटा भन्दा बढि रहेको भन्सार कार्यालयहरु बताउँछन् ।

भन्सार नतिरि आएका सामानसँगै  ति  बोकेर आएका सवारी साधन पनि भन्सार विभागले जफत गर्ने गरेको छ । अहिले मूख्य भन्सार कार्यालयहरुमा ७ करोड मूल्य बराबरका  ७ सय ५८ वटा सवारी साधन यसरी जफत गरेर राखिएका छन् ।

थोत्रा भइसकेकाले यि को मूल्य भने ७ करोडको हाराहारीमा पर्न आउने भन्सार कार्यालयहरु बताउँछन् । यसरी कार्यालयको परिसरमा थुप्रिएका सवारी साधन अधिकांश अवैध रुपमा सामान भित्राउने समुहहरुको हो ।

अवैध रुपमा भित्रिएका सवारी साधन  भन्सार विभागले बेच्दैन मात्रै सरकारी कार्यालयहरुलाई माग अनुसार उपलब्ध पनि गराउँछ । अर्थ मन्त्रालयले निर्णय गरेपश्चात कार्यालयहरुले सुराकीलाई दिनुपर्ने रकम बुझाएर गाडि लान सक्छन् ।

महामारीका  समयमा सरकारले सवारी साधनमा रकम खर्च नगर्ने नीति अपनाएका बेलामा यसरी गाडी लाने क्रम पनि बढेको  कार्यालयहरु बताउँछन् । ंमहामारीका  समयमा पनि यसरी अवैध सवारी साधन जफत हुने क्रम भने नघटेको भन्सार विभाग बताउँछ ।

महामारीका कारण भन्सार कार्यालयहरुले सामान लिलामी  गर्न कठिन भएको छ । यता सवारी साधनको चाप कम भएकाले प्रहरीले चोरीको सामान सहजै पत्ता लगाउने गरेका छन्  । जसका कारण सामानसँगै सवारी साधन जफत हुने क्रम बढेको छ ।