बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी केन्द्रबाट को-को बन्दैछन् मन्त्री ? (नामसहित)

बिहिबार, असोज २१ २०७८

काठमाडौँ l सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने ४ जना नयाँ मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबिनेट मन्त्री बन्ने छन् भने यादवलाई राज्यमन्त्री बनाइने निर्णय भएको जनाइएको छ ।

सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि बुधवार स्थायी कमिटी बैठकबाट माओवादीले मन्त्रीको टुंगो लगाएको छ ।

यसअघि माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सरकारमा सहभागी छन् ।