शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ एजेन्डा !

बिहिबार, असोज २१ २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

प्रवक्ता जग्गनाथ खतिवडाले आज बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको जानकारी दिए ।

आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउने उनले बताए ।

एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ ।

तर दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेका छैनन् ।