बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पाकिस्तानमा सबेरै शक्तिशाली भूकम्प, २० जनाको मृत्यु क्षतिको विवरण आउन बाँकी

बिहिबार, असोज २१ २०७८

काठमाडौं । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको पश्चिमी क्षेत्रमा विहान पौने ४ बजे गएको भूकम्पका कारण थप मानिसको मृत्यु भएको आशंका गरिएको छ । मानिसहरु सबै सुतिरहेकाले थप मानविय क्षति हुन सक्ने बताइएको छ ।

क्वेटा शहरमा मानिसहरु भागाभाग गरेको दृष्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।  ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको अनुमान गरिएको छ ।

क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रविन्दु रहेको रोयटर्सले जनाएको छ । भूकम्पबाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ ।