शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना पद बाट बर्खास्त

बुधबार, असोज २० २०७८

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेको छ ।  

मन्त्रिपरिषद् बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।  सर्वोत्तम सिमेन्टको शेयर विवादमा मुछिएका ढुंगानालाई न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदबाट बर्खास्त गरेको हो ।

बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर ढुङ्गानाले आफ्नै छोरीका नाममा लिएको समाचार बाहिरिएको थियो । 

यही विषयमा छानबिन गर्न गएको महिनाको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । सोही समितिको सुझाव अनुसार ढुङ्गानालाई पदमुक्त गरिएको हो ।