शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन वृद्धि, कति पुग्यो ?

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि गर्ने सम्बन्धी निर्णय लागू गरेको छ ।

हालै संसदबाट पारित प्रतिस्थापन विधेयकमार्फत सरकारले बजेट व्यवस्था गरेपछि अर्थमन्त्री जनार्दन शर्माले आज सोमवार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन् । 

यसअघि नै रासन वृद्धि घोषणा गरिए पनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयनमा ढिलाइ भएको थियो । तर अब निर्णय कार्यान्वयन हुने भएको छ ।

नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा वार्षिक १ अर्ब १७ करोड रुपैयाँ बराबर दायित्व थप हुने अर्थ मन्त्रालयले जनाएको छ ।

निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा गरेर कार्यान्वयन नगरेपछि प्रहरीमा असन्तुष्टि देखिएको थियो ।