शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सेनामा बेथिति : प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सोमबार, असोज १८ २०७८

अवकाशप्राप्त प्रधानसेनापति थापाले आफ्नो कार्यकालको सुरुवातमा एउटा योजना अघि सारेका थिए– रिभर्स करप्सन अर्थात् भ्रष्टाचारलाई उल्टाउने कडा नीति ल्याएको प्रचार गरेका थिए ।

यही नीतिको अधीनमा रहेर महासेनानी अधिकारीसहित विरुद्ध विद्यालयमा भ्रष्टाचार भएको उजुरी परेको थियो । तर भविष्यमा समेत सैनिक अनुशासन र आचरणविरुद्धको क्रियाकलापमा शून्य सहनशीलताको नीति लिएको दाबी गरेका अवकाशप्राप्त सेनापति थापालाई के थाहा, अनुसन्धानमा आफ्नै प्यादा समेत पर्छन् भन्ने । 

भयो त्यही । अनुसन्धानमा प्रसे थापा तानिए ।

आफू निकट रहेका थापालाई जोगाउन उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको घटना नियोजित रुपमा तत्कालीन सैनिक प्रवक्तामार्फत बाहिर ल्याइयो । यो घटना २०७५ को अन्त र २०७६ को सुरुमा भयो । 

प्रसे थापालाई कोर्ट मार्सल गरिएको भनियो । २०७६ वैशाखमा प्रसे थापा सुदूरपश्चिम पृतनामा कार्यरत थिए । यो घटनामा यतिमात्र सूचना बाहिर ल्याइयो । जब कि सेनाले आफू अनुकूल भएका कारबाहीको फेहरिस्त औपचारिक र अनौपचारिक रुपमा बाहिर ल्याउने गरिरहेको थियो । 

तर, हाल आएर सहायक रथी केसीको प्रतिवेदन अनुसार प्रसे थापा २०७३ पुस ६ मा नै कारबाहीमा परेको लेखियो । प्रतिवेदनमा प्रसे थापाले ढाटीछली नियुक्ति लिएकोले भविष्यमा अयोग्य नठहरिने गरी कारबाही गरिएको भनिएको छ । 

अब, २०७३ पुसमा कारबाहीमा परेर बर्खास्त भएको देखाएपछि २०७७ मा उनीमाथि सैनिक ऐन र नियमावलीअनुसार कारबाही हुने कुरै भएन । प्रतिवेदनमा २०७३ पुस ६ मा समरी जनरल सैनिक अदालतले कारबाही गरेको समेत सहायक रथी केसीको बोर्डले उल्लेख गरेको छ । 

सैनिक ऐनअनुसार भ्रष्टाचारको आरोपमा तीन वर्ष नाघेपछि मुद्दा चलाउने हदम्याद सकिन्छ । यसैका लागि अवकाशप्राप्त प्रधानसेनापति थापाले आफू निकट प्रसे थापालाई २०७६ सम्म जागिरमै रहे पनि २०७३ पुसमै कारबाही भएको प्रतिवेदन सहायक रथी केसीलाई लेख्न लगाएका थिए । स्रोत: पर्दाफास डटकम