काठमाडौं । महोत्तरीको अनैठामा सर्पले डसेर घाइते भएका एक बालकको मृत्यु भएको छ । स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाशको सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
उनका अनुसार ओछ्यानमा सुतिरहेका आकाशलाई सर्पले डसेको थियो ।
उनलाई धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न लगिएको थियो । त्यहा सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।