काठमाडौं । आज विश्व रेबिज दिवस मनाइँदैछ । तथ्य बुझौँ,त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो ।
घरपालुवा तथा जंगली जनावरको टोकाइबाट सर्ने रोगको सचेतनाका लागि आजको दिन नेपालमा पनि दिवस मनाउने गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेविज रोग लागिसकेपछि अहिले पनि उपचार हुन नसक्ने भएकाले कुकुरले टोकेमा निःशुल्क पाइने खोप लगाउन आग्रह गरेको छ ।
मन्त्रालयले कुकुर वा जनावरले टोकेमा १५ मिनेटसम्म साबुनपानीले धुने तथा तुरुन्त खोप लगाउन सूचना जारी गरेको छ ।
रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।